लेखक संघका अध्यक्ष तीर्थलाई लेकसिटीको सम्मान
पाेखरा | चैत २५, २०७८
पोखरा,२४ चैत । नेपाली लेखक संघका नवनिर्वाचित अध्यक्ष तीर्थ श्रेष्ठ सम्मानित भएका छन् । पोखराको सक्रियमध्ये एक लायन्स क्लब अफ पोखरा लेकसिटीले बिहीबार उनलाई सम्मानित गरेको हो ।
साहित्य र संस्कृतिको क्षेत्रमा पु¥याएको योगदानको कदर तथा नयाँ जिम्मेवारी प्राप्त भएपछि पोखरेली श्रष्टाको नाताले उनलाई सम्मान गरिएको क्लबका अध्यक्ष कैलाशभक्त पालिखेले जानकारी दिए । नेपाली वाङ्मयका हस्तीलाई सम्मानित गरिरहँदा लेकसिटी स्वयं सम्मानित भएको बताए । उनले कवि तीर्थको नेतृत्वमा लेखक संघको अध्यक्षको रुपमा सफलताको कामना पनि गरे । लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठ, लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुसहितले सम्मानपत्र र दोसल्लाले सम्मानित गरेका थिए ।
कार्यक्रममा बोल्दै सम्मानित व्यक्तित्व नेपाली लेखक संघका अध्यक्ष तीर्थ श्रेष्ठले समुन्नत समाज निर्माण एवं कला र साहित्यको उत्थानको लागि लायन्सले खेलेको भूमिका सह्रानीय भएको बताए । विन्ध्यवासिनी धार्मिक विकास समितिका सचिवसमेत रहेका उनले त्यहाँ पु¥याएको योगदानको पनि स्मरण गरे । हामी सेवा गर्छौं भन्ने भावनालाई लायन्सले व्यवहारमै देखाएको पनि उनले उल्लेख गरे ।
प्रमुख अतिथि लायन्सका पूर्व मल्टिपल काउन्सील अध्यक्ष दीपक श्रेष्ठले कला र साहित्य समाजको ऐना भएको बताउँदै त्यसको उत्थानले समग्र समाजलाई नयाँ दिशा दिने धारणा राखे । लायन्स क्लब ३२५ ‘के’ का नवनिर्वाचित गभर्नर राजेन्द्र बाटाजुले गभर्नरको रुपमा आफ्नो कार्यकाल सुरु भएको र समाज सेवाको लागि योजनासहित अगाडि बढ्ने बताए ।
लायन्स क्लब ३२५ ‘के’ का प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर सुुचित्रा थापाले लायन्सको ध्यान सीमान्तकृत वर्गको उत्थानमा केन्द्रीत हुनुपर्ने बताइन् । लायन्स क्लब अफ पोखरा लेकसिटीका संस्थापक अध्यक्ष कृष्णमोहन श्रेष्ठले नेतृत्व निर्माणमा लायन्सले खेलेको भूमिकाबारे चर्चा गरे ।लायन्स क्लब अफ पोखरा गण्डकीकी अध्यक्ष सारदा पराजुलीले महिलाको क्षमता विकासको लागि लायन्सले खेलेको भूमिका प्रशंसनीय भएको जिकिर गरिन् ।
लायन्स लेकसिटीका सचिव विद्या मर्सानीका अनुसार सोही कार्यक्रममा लायन्स ३२५ के का गभर्नर,भाइस गभर्नर,सचिव र स्वरोजगार कार्यक्रमको संयोजक चयन भएकोमा क्रमशः राजेन्द्र बाटाजु,सुचित्रा थापा,मिनराज काफ्ले र टीकाराम सापकोटालाई सम्मानित गरिएको थियो ।
पोखरा । गण्डकीका प्रदेश प्रमुख समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टलाई आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८१/०८२ को वार्...
काठमाडौं । जेनजी मुभमेन्ट नेपालले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको निष्पक्ष छानबिनका लागि उनलाई तत्काल पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेको छ। मुभमेन्टका प्रवक्ता विजय...
तनहुँ । गाउँ पर्यटनलाई आर्थिक उपार्जन र रोजगारीको मुख्य स्रोत बनाउने उद्देश्यका साथ तनहुँको बन्दिपुरमा ‘गाउँ पर्यटन मेला २०८३’ आयोजना हुने भएको छ । नेपाल पर्यटन बोर्ड...

